गीतल:-“नियति”

  • ख-
  • ख+

हे दैव् मैले निधनको भाग्य पढ्न सकिन!
जिवनमा सफल भएर अधि बढन सकिन!

कर्मले ठग्यो बिरानो ठाउँ,जोगिको भेसमा!
लालावाला के गर्दै होलान त्यो मेरो देशमा!

पाप के हो ? के हो धर्म छुट्टाउन सकिन!
आसुको भेल बगेरै गयो भेट्टाउन सकिन!

मुटुको चाल बढेर आयो किन हो भनन?
मनको पिडा खोलेर मैले बताउन सकिन!

दिन र रात सरावर लाग्छ ठम्याउन सकिन!
मृत्युले पनि गिज्याई रह्यो स्वीकार्न सकिन!

 ~आकाश अधिकारी- तनहुँ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी