घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–१२ स्थित घाँसीकुवामा पहिरो खस्दा पृथ्वीराजमार्ग दुईतर्फी अवरुद्ध भएको छ।

शुक्रबार साँझ करिब ६ः२५ बजे सडकभन्दा माथिबाट हिलोसहितको लेदो खसेपछि राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको हो।

 

पहिरोमा नम्बर नखुलेको एउटा मोटरसाइकलसमेत परेको प्रहरीले जनाएको छ। घटनामा हालसम्म कुनै मानवीय क्षति नभएको बताइएको छ।घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक अमृत लामिछानेको कमाण्डमा ट्राफिक प्रहरीसहित १५ जनाको टोली परिचालन गरिएको छ।

 

पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि सवारीसाधनको आवागमन प्रभावित भएको छ। प्रहरीले पहिरो हटाएर राजमार्ग पुनः सञ्चालनमा ल्याउने प्रयास भइरहेको जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्