कन्टेनर २० मिटर तल खस्दा चालक घाइते

दमौली न्युज
  • ख-
  • ख
  • ख+

  • दमौली : पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ देउरालीमा कन्टेनर दुर्घटना हुँदा चालक घाइते भएका छन्। बिहीबार साँझ करिब ५ः४० बजे डुम्रेबाट दमौलीतर्फ आउँदै गरेको ना.६ ख ४५७८ नम्बरको कन्टेनर चालकले नियन्त्रण गुमाउँदा सडकबाट करिब २० मिटर तल खसेको हो।

 

दुर्घटनामा कन्टेनर चालक मोरङको कठारी गाउँपालिका–१ महेशपुरका ३५ वर्षीय कृष्णकुमार राजवंशी घाइते भएका छन्। उनको टाउको, छाती तथा दुवै खुट्टामा चोट लागेको छ। बोल्न सक्ने अवस्थामा रहेका उनलाई उपचारका लागि रत्नहरी अस्पताल दमौली पठाइएको प्रहरीले जनाएको छ।

 

 

घटनास्थलमा जिल्ला प्रहरी कार्यालय तनहुँ र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँबाट प्रहरी निरीक्षक प्रदीप थापाको कमाण्डमा टोली खटिएको छ। कन्टेनर घटनास्थलमै रहेको भए पनि सवारी आवागमनमा भने अवरोध नभएको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्