दमौली : तनहुँको व्यास नगरपालिका–३ स्थित विश्वकर्मा कल्याणकारी गुठी समाजले विपद्को समयमा पीडित नागरिकको साथमा उभिनुपर्ने सामाजिक दायित्वलाई आत्मसात् गर्दै १०हजार १ सय ५० राहत सहयोग गरेको छ ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ लगायत विभिन्न क्षेत्रमा ठूलो जनधनको क्षति भएपछि पीडित परिवारलाई राहत पुर्याउने उद्देश्यले गुठी समाजले रकम सहयोग गरेको हो।
बाढी तथा पहिरो जस्ता प्राकृतिक विपद्का कारण प्रभावित परिवारको दैनिक जीवनमा कठिनाइ उत्पन्न भइरहेको अवस्थामा राहत तथा पुनःस्थापनाका लागि सबै क्षेत्रबाट सहयोग आवश्यक रहेको गुठी समाजका अध्यक्ष रिखुराम वि कले बताए ।
गुठी समाजका अध्यक्ष बिकले मानवीय सेवा भावका साथ बाढीपीडितको उद्धार तथा राहत कार्यमा जुट्न सबै नागरिकलाई अपिल समेत गरेका छन् ।





