दमौली: रसुवा स्थित भोटेकोशी नदीमा आएको बाढीबाट ठुलो जनधनको क्षति भएपछि पीडितको उद्धार, राहत तथा पुनःस्थापनाका लागि वुद्धपार्क टोल विकास संस्था र वुद्ध पार्क आमा समुहद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ६२ हजार ४ सय ३० सहयोग गरेको छ। भोटेकोशी बाढीपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरिएको हो।
टोल विकास संस्था र आमा समूहको यस किसिमको मानवीय भावना, सामाजिक उत्तरदायित्व र सहकार्यको कदमले अन्य मानिसहरुका लागि पनि गतिलो प्रेरणादायी बनेको छ । हाम्रो सानो सहयोगले संकटमा परेका परिवारका लागि ठूलो भरोसा बन्न सक्ने नन्द बहादुर थापाले बताए।
विपद्का कारण प्रभावित सम्पूर्ण परिवारजनप्रति गहिरो सहानुभूति प्रकट गर्दै यस विपद्को घडीमा सवैले सहयोग गरीदिन पनि टोल विकास संस्था र आमा समुहले संयुक्त रुपमा अनुरोध गरेका छन्।





