तनहुँमा कहाँ कति वर्षा ? (विवरणसहित)

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौलीः दमौली तथा आसपासका क्षेत्रमा आज ४८ मिलिमिटर वर्षा रेकर्ड गरिएको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो २ बजेसम्म भएको वर्षाको विवरण सार्वजनिक गरिएको हो ।
बिहानदेखि हालसम्मको यो रेकर्ड रहे पनि नियमित वर्षा भैरहँदा साँझसम्म परिमाण बढ्ने देखिएको छ ।

हालसम्मको विवरणले खतराको शंकेत भने देखा परि नसकेको विभागको आँकडाले बताएको छ ।

हालसम्म सर्वाधिक थप्रेक मापन केन्द्रमा ७ मिलिमिटर प्रति घण्टा, खैरेनीटारमा ३ मिलिमिटर प्रतिघण्टा वर्षा मापन गरिएको छ ।

यसैगरी, श्याम्घामा ६ मिलिमिटर प्रति घण्टा तथा दमौलीमा सबैभन्दा कम २ मिलिमिटर प्रति घण्टाका दरमा वर्षा भएको विवरण विभागले सार्वजनिक गरेको छ ।

विमलनगर तथा बन्दीपुरमा प्रतिघण्टा ५ दशमलव ५ मिलिमिटरको हाराहारीमा वर्षा भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्