शहीदपुत्र सुरेशद्वारा कांग्रेस महाधिवेशन प्रतिनिधिमा लड्ने घोषणा

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौलीः नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनका लागि तनहुँ निर्वाचन क्षेत्र नं। १ बाट शहीदपुत्र सुरेश भट्टराईले महाधिवेशन प्रतिनिधि पदमा उम्मेदवारी घोषणा गरेका छन् ।

यस अघि पनि महाधिवेशन प्रतिनिधि रहिसकेका भट्टराईले युवा तथा प्रौढमाझ पहिचान बनाएका छन् । यसैका आधारमा पार्टीमा समयानुकुल परिमार्जन तथा युवा, जेनजी र प्रौढमाझ फेरिएको नीति लिएर अघि बढ्नका लागि उम्मेदवारीको तयारी गरेको उनले बताए ।

माओवादी द्वन्द्वकालमा हत्या भएका बन्दीपुर क्याम्पसका क्याम्पस प्रमुख तथा भानु माध्यमिक विद्यालय, बन्दीपुरका प्रधानाध्यापक रामजी भट्टराईका छोरा भट्टराई लामो समयदेखि विद्यार्थी, तरुण दल तथा पार्टीको मुलधारको राजनीतिमा सक्रिय छन् ।

आफ्नो सम्बन्ध र सम्पर्कमार्फत युवा तथा समस्यामा परेकाहरुको सहयोगका लागि समेत निरन्तर भूमिका खेल्ने उनले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्