‘लाखौं तारा’को भिडियो सार्वजनिक

  • ख-
  • ख+

दमौली । लामो समय अघि देखि दमौली र आसपासका सांगितिक कार्यक्रममा सुनिने लाखौं तारा गीतको म्युजिक भिडियो बनेको छ ।

पत्रकार अमराज नहर्कीले लेखेको ‘लाखौं तारा आकाशैमा’ बोलको गीत सामाजिक सञ्जाल युट्युबमार्फत सार्वजनिक गरिएको हो । हाईलाईस् नेपालमार्फत सार्वजनिक गीतमा गायक नवराज थापा स्वर र संगीत रहेको छ ।
भिडियोमा गायक थापा र आरती शर्माको अभिनय रहेको छ । मोडल शर्माले यसै भिडियोमार्फत डेब्यु गरेकी हुन् ।
सुदीप पौडेलको पहिलो निर्देशन रहेको गीतमा महेश वाग्लेले ड्रोन र रमेश शर्माको छायांकन छ । गीत रोमान्टिक प्रकृतिको रहेको रचनाकार नहर्कीले बताए ।

‘लाखौं तारा आकाशैमा तर तिमी हौ जून

स्वभावमा पनि तिमी नम्बरी सून ……..’ बोलको रहेको छ ।
गत भदौ ३ गते पत्रकार नहर्कीले बैदेशिक रोजगारीको पीडामा आधारित गीत ‘विरानो देश’ पनि सार्वजनिक गरेका थिए ।

नहर्कीले लेखेको ‘तिम्रो सहर’ राज सिग्देलको आवाज र सुदीप सेढाइंको संगीतमा यस अघि नै बजारमा आएको थियो । प्रेस युनियन तनहुँको अध्यक्ष एवं गोरखापत्र दैनिकका पत्रकार नहर्कीले देशमा कोरोना भाईरसको सङ्क्रमणमा घरमै धेरै समय बितिरहेकोले गीत लेखनलाई बढी समय दिन सकिएको पत्रकार नहर्कीले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी