१५औँ महाधिवेशनमा दलिततर्फबाट रामकृष्ण सुनारको उम्मेदवारी

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँ क्षेत्र नम्बर १ बाट दलिततर्फ महाधिवेशन प्रतिनिधि पदमा रामकृष्ण सुनारले उम्मेदवारी घोषणा गरेका छन्।

२०४९ सालदेखि नेपाली कांग्रेसको संगठनमा निरन्तर सक्रिय रहँदै आएका सुनारले बन्दीपुर गाउँपालिकाको पार्टी सभापति, क्षेत्रीय सदस्य, जिल्ला उपसभापति हुँदै केन्द्रीय सदस्यसम्मको जिम्मेवारी सम्हालिसकेको बताएका छन्।

१४औँ महाधिवेशनमा समेत महाधिवेशन प्रतिनिधिमा प्रतिस्पर्धा गरेका सुनारले यसपटक आफ्नो राजनीतिक योगदानको मूल्यांकन गर्दै सबैले सहयोग गरिदिन हुन अनुरोध गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्