अञ्जु पन्तको नयाँ गीत ‘ताप्लीको रानीपोखरी’

  • ख-
  • ख+

काठमाडौं : गायिका अञ्जु पन्तको स्वर रहेको गीत ‘ताप्लीको रानीपोखरी’ सार्वजनिक भएको छ । पन्तले यो गीत गायक तथा संगीतकार डिबी खड्कासँग गाएकी छन् ।


गायक तथा संगीतकार डिबी खड्का हरेक गीतसंगीत फरक र नौलो शैलीमा पस्किन माहिर छन् । यो गीतमा पनि उनले केही नौलो शैली दिने कोसिस गरेका छन् । अचुत नेपालको शब्द रहेको लोकशैलीमा तयार गीतका संगीत एरेन्ज देबेन्द्र नेवाले गरेका छन् ।


गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा अञ्जली अधिकारी, शोभित प्रसाईको रोमान्स देख्न सकिन्छ । प्रकास खड्काको छायाँकन, लक्ष्मण चौहानको सम्पादन रहेको भिडियो बिक्रम चौहानले निर्देशन गरेका हुन् ।


गीतको शब्द तथा संगीतमा आफुले निकै मिहिनेत गरेको संगीतकार खड्काले बताए । ‘लोकशैलीमा बजारमा आएका भन्दा फरक शैलीमा गीत बनेकोले सबैको रोजाइमा पर्छ भन्ने बिश्वास लागेको छ’ खड्काले थपे ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्