अर्घाखाँची महोत्सवमा संगीतसम्बद्ध १० संस्थाले गरे ज्योतीको कार्यक्रम बहिष्कार

दमौली न्युज
  • ख-
  • ख+

काठमाडौं । अर्घाखाँचीमा गत ११ माघदेखि सुरू भएको पाँचौ अर्घाखाँची महोत्सव अन्तिमतिर आइपुग्दा विवादमा परेको छ ।

हिजो २१ गतेको कार्यक्रममा लोकगायिका ज्योती मगरको प्रस्तुति रहने भएपछि १० वटा सांगीतिक संघ-संस्थाले बहिष्कारको घोषणा गरेका छन् ।

नेपालको मौलिक कला–संस्कृति बचाउन र यस्ता कार्यको विरोध गर्दै उक्त निर्णय गरिएको ती संघसंस्थाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । नेपाली मौलिक पहिरनमा सुसज्जित भएर प्रस्तुत हुन पनि उनीहरुले आग्रह गरेका छन् ।

यसरी विज्ञप्ति जारी गर्नेहरुमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान जिल्ला शाखा, लुम्बिनी वाङमय प्रतिष्ठान, लोकवार्ता परिषद्, सांस्कृतिक संरक्षण मञ्च, नेपाल सांस्कृतिक संघ, राष्ट्रिय जनसांस्कृतिक महासंघ, जनसांस्कृतिक महासंघ नेपाल, रक्त जनसांस्कृतिक अभियान, अर्घाखाँची सांस्कृतिक परिवार र लोकसंस्कृति संरक्षण अभियन्ता छन् ।

हिजो महोत्सवमा ज्योती सहभागी हुन भने पाइनन् । मौसमको खराबीका कारण उडान हुन नसक्दा उनी अर्घाखाँची जान नपाएकी हुन् । उनको प्रस्तुति सोमबारलाई सारिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी