
तेस्रो भिमाद महोत्सव–२०७९ को अवसरमा वडा मिश्रित खुल्ला भलिबल प्रतियोगिता हुने भएको छ । भिमाद रंगशालामा हुने प्रतियोगिता माघ २३ गते शुरु हुने खेल संयोजक उज्ववल खनालले जानकारी दिए ।
प्रतियोगितामा प्रथम हुने समुहले १ लाख ५५ हजार ५ सय ५५ र द्धितीय हुनेले ७५ हजार ५ सय ५५ साथमा शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडी, लिफ्टर र स्पाईकरलाई समेत पुरस्कारको व्यवस्था गरिएको संयोजक खनालले बताए । उनका अनुसार प्रतियोगितामा समावेश हुन माघ २२ भित्र समुह दर्ता गरिसक्नुपर्ने छ । भिमाद नगर उद्योग वाणिज्य संघले माघ १९ देखि महोत्स्वको आयोजना गर्दै छ । महोत्सव माघ २९ सम्म सञ्चालन हुने छ ।