
शालिकराम गहतराज
भिमाद : धर्म माध्यमिक विद्यालयको स्थापना दिवस तथा अभिभावक भेला सम्पन्न भएको छ ।भिमाद नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका उपसचिव सन्दिप पौडेलको प्रमुख अतिथिमा सो भेला सम्पन्न भएको हो ।
उक्त कार्यक्रमका प्रमुख अतिथी पौडेलले प्रयाप्त मात्रमा दरबन्दीका बिषयगत शिक्षक नहुँदा पनि यस बिधालयले मारेको शैक्षिक फड्को प्रशंसनीय भएको बताए । उनले भने “यस बिधालयलाई नमुना बिधालय बनाउन हामी सरकारको तर्फ बाट र तपाईहरू पनि आ-आफ्नो ठाउँबाट लाग्न अनुरोध छ । “त्यस्तै भिमाद नगरपालिका वडानं -६ का अध्यक्ष स्याम सुन्दर जोशीले आफ्नो कार्य कालमा धेरै थोरै पैसा छुट्याएको बताए । उनले भने “यस पटक पनि धर्म माध्यमिक बिधालयमा कार्यक्रम गर्न सभा हलको आवश्यकता महसुस गरिएको हुनाले यस पटक ५ लाख छुटयाउन पहल गर्ने प्रतिबद्धता छ ।
धर्म माध्यमिक बिद्यालयकि प्रअ मथुरा खनालले आर्थिक आए व्यया प्रस्तुत गरेकी थिईन् ।कार्यक्रममा सबैजसो वक्ताहरुले धर्म माध्यमिक बिद्यालयको बिकासको लागि नगर सरकारले ध्यान दिन आग्ररह गर्नुका साथै शैक्षिक प्रगतिको मुक्त कण्ठले प्रशंसा गरेका थिए । यस बिद्यालयका जग्गा दाता धर्म राज अर्यालका परिवारका सदस्य मध्यका कान्छा छोरा नाति नातिना छोरी ज्वाई लगायत अर्याल बन्धुहरूले पारिवारिक परिचय, कविता वाचन सहित शुभकामना मन्तव्य राखेका थिए।
जग्गादाता स्व. धर्म राज अर्यालको स्मृतिमा २ लाखको अक्षयकोष स्थापना गर्ने घोषणा गरेका थिए।अन्य विद्यालयलाई सहयोग गर्नुहुने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरीएको थियो। त्यस्तै सहयोगी व्यक्ति राङरूङ सुनचाँदी पसलका संचालक सालिकराम गहतराजले आफ्नो आमाको सम्झनामा कृष्ण माया स्मृति प्रतिष्ठानले बार्षिक गर्ने कार्यक्रमबाट बिद्यालयको उन्नति प्रगतिको लागि ५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेका थिए ।
कार्यक्रममा स्वागत् विद्यार्थी तर्फबाट स्नेहा सुनारले गरेकी थिईन् भने शिक्षकको तर्फबाट सह प्रअ बिजय शर्माले मन्तव्य राखेका थिए त्यस्तै कार्यक्रम संचालन शिक्षक अरूण चन्द्र भट्टराईले गरेका थिए।