थर्पुः नेपाली कांग्रेस म्याग्दे गाउँपालिका सचिव युवा नेता सुन्दरमणि अधिकारीले पार्टीको गाउँपालिका सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छनसोमबार बिहान उम्मेदवारी घोषणा गर्दै उनले पदका लागि नभै संगठन निर्माणका लागि आफ्नो उम्मेदवारी रहने बताए । उनले व्यक्तिका लागि नभै पार्टी र जनताका लागि राजनीति गरेको भन्दै १० बुँदै एजेण्डा सार्वजनिक गरेका हुन् ।
म्याग्दे उद्योग वाणिज्य संघका संस्थापक सभापति रहेका अधिकारी, थर्पु युवा क्लबका अध्यक्ष, नेविसंघ भानुभक्त बहुमुखी क्याम्पस एकाई सभापति, लायन्स क्लब अफ तनहुँ म्याग्देका अध्यक्ष रहिसकेका छन् ।
सामाजिक क्रियाकलापका कारण युवा तथा प्रौढमाझ लोकप्रिय अधिकारीले आफू सभापति भएमा पार्टी संगठनलाई वडा र टोलसम्मै बलियो बनाउने, कार्यकर्ताको सम्मान र समान व्यवहार गर्ने, युवालाई नेतृत्वमा जोड्ने, म्याग्देको विकासमा प्रभावकारी भूमिका निर्वाह गर्ने लगायतका एजेण्डा सार्वजनिक गरेका छन् ।





