दमौली: नेपाली काङ्ग्रेसको १५ ओैं महाधिवेशन अन्तर्गत व्यास नगरपालिकाको वडा नम्बर १० बाहेक सबै वडामा सर्वसम्मत नेतृत्व चयन भएको छ ।
आइतबार सम्पन्न अधिवेशनबाट व्यास १ को सभापतिमा ठाकुर बहादुर दरै, २ को सभापतिमा रमेश गिरी, ३ को सभापतिमा ठाकुर प्रसाद पौडेल तथा व्यास ४ को सभापतिमा वासुदेव सापकोटा सर्वसम्मत भएका छन् ।
यसैगरी, व्यास ५ सभापतिमा खिम थापा, व्यास ६ मा मोहन भण्डारी, व्यास ७ मा युवराज गुरुङ, व्यास ८ मा राजु गुरुङ तथा व्यास ९ सभापतिमा अमृत थापा सर्वसम्मत भएका हुन् ।
व्यास १० को विवरण प्राप्त भैसकेको छैन । व्यास ११ सभापतिमा गोपाल बहादुर घर्ती, व्यास १२ मा अशोकराज पन्थ, व्यास १३ मा नवीन पुरी तथा व्यास १४ सभापतिमा दुर्गा बहादुर आले सर्वसम्मत भएका छन् । अधिकांश वडामा क्षेत्रीय प्रतिनिधि समेत सर्वसम्मत भएको बताइएको छ ।
निर्वाचितमा अधिकांश नयाँ नेतृत्वका रुपमा उदाएका छन् । यसपाली व्यासका विभिन्न वडामा युवा नेतृत्व समेत सभापति तथा क्षेत्रीय प्रतिनिधिमा उल्लेख्य निर्वाचित भएका छन् ।





