कांग्रेस महाधिवेशनः म्याग्देका सबै वडामा सर्वसम्मत

दमौली न्युज
  • ख-
  • ख+

म्याग्देः नेपाली काँग्रेस १५औं महाधिवेशन अन्तर्गत म्याग्दे गाउँपालिकाका सबै वडा अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयन भएको छ ।

पार्टी गाउँपालिका सचिव सुन्दरमणि अधिकारीका अनुसार सात वटै वडामा सर्वसम्मत रूपमा वडा कार्यसमिति र क्षेत्रिय प्रतिनिधि सर्वसम्मत चयन भएका हुन् ।

म्याग्दे १ को सभापतिमा महेन्द्र आले, म्याग्दे २ मा पदम थापा, म्याग्दे ३ मा दधिराज श्रेष्ठ तथा म्याग्दे ४ मा राजेन्द्र वाग्ले सर्वसम्मत सभापति निर्वाचित भएका छन् ।

यसैगरी, म्याग्दे ५ को सभापतिमा प्रकाश श्रेष्ठ, म्याग्दे ६ को सभापतिमा श्रीकृष्ण गुरूङ तथा म्याग्दे ७ को सभापतिमा विरेन्द्र वाग्ले सर्वसम्मत निर्वाचित भएका छन् ।

पार्टीको पालिका नेतृत्वमा समेत सर्वसम्मतिको तयारी भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी