बन्दीपुरः युवा नेता कर्णबहादुर गुरुङले नेपाली कांग्रेस बन्दीपुरको सभापति पदका लागि उम्मेदवारी घोषणा गरेका छन् ।
यस अघि पार्टी पालिका सचिव रहिसकेका गुरुङ जेसिज तथा विभिन्न युवा क्लब र पार्टी संगठनमा सक्रिय छन् ।
उनले सबैको सल्लाह र सुझाव ग्रहण गर्दै उम्मेदवारी दिएको घोषणा गर्दे संगठनप्रतिको जिम्मेवारी र प्रतिबद्धताका साथ सहयोगको अपेक्षा गरेको बताएका छन् ।
पार्टीको वडाका सबै पदाधिकारी र क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मति भैसकेको छ ।





