
शालिकराम गहतराज
भिमाद : भिमाद नगरपालिका–७ स्थित सिस्नेरी रात ढुङगामा भएको निजि जग्गा उत्खनन सम्बन्धी विवाद समाधान गर्न सर्वदलीय कार्यदल गठन गरिएको छ । भिमाद नगरपालिकाका नगर प्रमुख दधिराज सुवेदीको अध्यक्षतामा बैठक बसि विभिन्न राजनितिक दलका प्रतिनिधि, वडा अध्यक्ष ,कार्यपालिका सदस्यहरूको उपस्तिथिमा कार्यदल गठन गरिएको हो ।
सर्बसाधरण नागरिकको अधिकारको बिषमा सरकारले वास्ता नगरेर आफु एकलो भएको र आफु अन्यायमा परेर बचाउन गुहार मागेको बिषयलाई सत्य तथ्य छानबिन गर्नका लागि उप प्रमुख शारदा खनालको संयोजकमा सात कार्यदल गठन गरिएको छ । सदस्यहरूमा प्रतिनिधि नेपाली कांग्रेसबाट मिलन आले ,वडा न.७ अध्यक्ष प्रकाश श्रेष्ठ , वडा न. ८ का अध्यक्ष अण बहादुर शाही , एमाले प्रतिनिधि चतुरभुज सुवेदी ,माओबादि केन्द्र अमृत सिग्देल , रा.स्वा.पा. हरि लम्साल रहेका छन्।
राजनैतिक पार्टीका प्रतिनिधी जनप्रतिनिधी लगाएतको बैठकले नगरपालिकाको आफ्नो निर्णय बाट पछि हटन नहुने बताए ।गरी २०८०/०५/१ गते जुन पक्षको निर्णयमा शिब शक्ति क्रसर उधोगको पनि निवेदन परि सके पछि ऐना ढुङा टोल बिकास सस्था अध्यक्षको अगुवाईमा सझेरी सरोकारवाला करिब समाजका २०,२२ जनाको रोहोबरमा छलफल गरी सबै मापदण्ड पुरा गरेर उत्खनन् गर्न दिने निर्णय गरिएको थियो।
राजनैतिक पार्टीका प्रतिनिधी जनप्रतिनिधी लगाएतको बैठकले नगरपालिका आफ्नो निर्णय बाट पछि हटन नहुने बताए ।शिब शक्ति क्रसर उधोगले उत्खननको निबेदन पारे पछि २०८०/०५/१ गते ऐना ढुङा टोल बिकास सस्था अध्यक्षको अगुवाईमा उत्खनन् भएको जग्गाका सझेरी सरोकारवाला करिब समाजका २०,२२ जनाको रोहोबरमा छलफल गरी सबै मापदण्ड पुरा गरेर उत्खनन् गर्न दिने निर्णय गरियो ।
कसको चित्त बुजेनर न्यायिक समितिमा उत्खनन् को उपर निबेदन परेता पनि कुनै कारबाहिको माग गर्न नआएकोले कार्यपालिका र न्यायिक समिति टोल बिकास र सझेरी सरोकार वाला हरूको रोहोबरमा छलफल गरेको निर्णयमा दुबारा पुनर बिचार को कुनै कानुनि ब्यबस्था नभएको ले पनि उत्खनन्को निबेदक शिब शक्ति क्रसर उधोग पक्षले काम अगाडी बडाको बैठकले ठहर गर्यो।नगरप्रमुख सुवेदी स्वास्थ्य मन्त्रालयमा हामी संग भएका डाक्टरको कार्य अबधी पुराहुन लाग्दै गर्दा २जना डाक्टर पठाईदिन र अनुरोध सहित बिबिध कामले काठमाडौं गएको बेला उत्खनन् गर्ने पक्ष र सझेरी बिचमा बिबाद भएको र कुनै अप्रिय घट्ना नघटोस् भनेर प्रहरी आएको थाहा पाएपछि कुनै पनि काम अगडि नबडाउन निर्देशन गरेको थाहा हुन आएको छ।
समस्या पहिचानको लागि जुन सर्बदलिय समिति बनेको छ । त्यस समितिले फिल्ल अध्यन,सरोकार वाला सबै पक्ष संग बसेर छलफल गरि समस्या पहिचन गरेर नगरपालिका लाई सुझाब दिने छ।