सम्भावित ठूलो आतङ्ककारी हमलालाई प्रहरीले असफल तुल्यायो

दमौली न्युज
  • ख-
  • ख+

पाकिस्तानको एक प्रहरी चौकीमा हमला गर्न आएका आतङ्ककारीको प्रयासलाई यहाँको प्रहरीले असफल बनाइदिएको बताएका छन् । पेशावरमा हमला गरेर कैयौँ मानिसको ज्यान लिएको केही दिनपछि पाकिस्तानको पूर्वी प्रान्त पञ्जावमा रहेको एक प्रहरी चौकीमा मङ्गलबार मध्यरातितिर ठूलो सङ्ख्याका आतङ्ककारीहरु शक्तिशाली हतियार लिएर त्यहाँ पुगेका थिए ।

मध्यरातिमा शक्तिशाली हतियार ल्याएर ठूलो सङ्ख्यामा आएका उनीहरुको प्रयासलाई असफल तुल्याएको पञ्जाव प्रान्तको प्रहरीले जनाएको छ ।

पञ्जावको प्रान्तीय प्रहरीका प्रवक्ता अनबर असमानले सो प्रहरी चौकीमा ठूलो सङ्ख्यामा प्रहरी रहेका र रातिको समयमा सो चौकीमा क्षति पु¥याउने गरी आएका आतङ्ककारीको प्रयासलाई असफल तुल्याएर ठूलो मानवीय क्षति हुनबाट जोगाएको बताउनुभयो ।

सो प्रहरी चौकीमा यसअघि पनि आक्रमणको प्रयास गरेका थिए र प्रहरीले यसैगरी असफल तुल्याएको थियो । त्यसैले यस पटक आतङ्ककारीहरु ठूलो संख्यामा आएका बताइएको छ ।

रातिको समयमा प्रहरी चौकीमा आक्रमण सुरु गरेका आतङ्ककारीहरुलाई प्रहरीले प्रतिकार गर्दा कैयौँ आतङ्ककारी घाइते भएका पनि प्रवक्ता अनबरले जानकारी दिनुभयो ।–

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी