आगलागी हुँदा एक जना घाइते

दमौली न्युज
  • ख-
  • ख+

दमौली: छिर्कनेमा आगलागी  हुँदा एक जना घाईते भएका छन्।

तनहुँको ब्यास नगरपालिका वडा नं १२ का शान्त बहादुर थपलियाको १ तले टिनले छाएको कच्चि घरमा आगलागी हुँदा श्रीमती बर्ष ५५ की मिना थपलिया घाईते भएकी हुन्।

दिउँसोको समयमा खाजा बनाउने क्रममा एक्कासी आगलागी भएको थियो । घाईते थपलियाले घरको सामान निकाल्ने क्रममा शरिरको तल्लो भाग जलेको र निज घाईतेको प्रदेश अस्पताल दमौलीमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

प्रहरीका अनुसार घाईतेको अबस्था मध्यम, बोल्न सक्ने, घर पुर्ण रुपमा क्षेती भएको,आगो नियन्त्रणमा आई सकेको पनि जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्