कर्णाली नदीमा यात्रुवाहक हाइस खस्यो

दमौली न्युज
  • ख-
  • ख+

सुर्खेत :सुर्खेतबाट कालिकोटका लागि छुटेको यात्रुवाहक हाइस कर्णाली नदीमा खसेको छ । कर्णाली राजमार्ग अन्तर्गत दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका स्थित साङ्गेतडामा उक्त गाडी दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लक्ष्मण पचभैयाले गाडी नदीमा डुबेको  बताए ।

‘गाडी नदीमा डुबेको छ, मान्छे कति थिए, के भयो पत्ता लागेको छैन,’ उनले भने । उनका अनुसार, कर्णाली ०३–००१ ख १०५५ नम्बरको उक्त गाडी सडकबाट करिब ५०० मिटर तल नदीमा खसेको हो ।

प्रहरीका अनुसार दुर्घटनास्थलमा उद्धार टोली पुगिसकेको भए पनि गाडी नदीमा डुबेका कारण अहिलेसम्म फेला पर्न सकेको छैन ।

‘कोही घाइते वा अन्य व्यक्ति फेला नपरेकाले गाडीमा कति जना थिए भन्ने हुन्थ्यो,’ उनले भने । अहिले बेपत्ता गाडी र यात्रुहरूको खोजी कार्य जारी रहेको छ। घटनाको थप विवरण आउन बाँकी छ।
साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्