
काठमाडौँ- गीत संगितको माध्यमबाट देशको कला संस्कृति एबम् पर्यटन प्रवर्धन गर्न लामो समयदेखि लागि परेका युवा लोक गायक नवीन पौडेलले नयाँ गीत निकालेका छन । पछिल्लो समय तिजको अबसर पारेर उनले ‘हरहर बासना अगरबत्तीको’ गीत सार्वजनिक गरेका हुन् ।
नवीन, स्वीकृती र आशाको संयुक्त प्रस्तुतीको रुपमा यो गीत बजारमा उपलब्ध छ ।
पढाइ सिकाइ मात्रै होइन अतिरिक्त कृयाकलापमा पनि अग्रणी शैक्षिक सस्था रुपन्देहिको देबदह नगरपालिकास्थित देबदह बोर्डिङ हाइ स्कुलको कक्षा आठमा अध्यनरत छात्रा स्वीकृति पौडेलको जिबन्त अभिनय एबम आशा बिसी र नवीन पौडेलले स्वर दिएको गीत “हर हर बासना अगरबत्तिको, कस्ले माया गर्छ तिम्लाइ मैले जत्तिको” सार्बजनिक भएसँगै यसले सांगितिक क्षेत्रमा चर्चा पाएको छ ।
यो गीत आशा बिसी युट्युब च्यानलमार्फत बजारमा उपलब्ध छ ।
गीतको शब्द स्वयं पौडेल नै कोरेका हुन भने गीतको म्युजिक एरेन्ज कृष्ण केसीले गरेका छन।
बिष्णु भट्टराईले निर्देशन गरेको म्युजिक भिडियोको लय संकलन रबि कार्कीले गरेका छन।
सामाजिक सञ्जालहरु फेसबुक र टिकटकमा बढी नै रुचाइएको गीत सबैको मन मुटुमा बसेको गीतका गायक नवीन पौडेलले नेपालटिभी अनलाइनसँग बताए ।
नवीन पौडेल, लोक गायक
यसअघि पौडेलका तीजकै अबसरमा सार्वजनिक भएका- “दुखका दिन गए- सरकारले घरघरमै ग्यास ल्याइदिन्छ रे, हेर्दा हेर्दै नेपाली भाग्यमानी भए”,”नयाँ पार्टी खोल्छु”, “फुलेको तोरीलाई, हुर्किएकी छोरीलाई, जोगाउनै गाह्रो”, “लेउ खुकुरी लेउ”, “भ्रष्टाचारी जतिलाई पुर्याइदिउँ छेउ”, “के सम्झनु छ र, जान्न म त त्यो घर” “बोल्नुपर्छ ओइ” लगायतका दर्जनौँ गीतहरु चर्चित भइसकेका छन ।।