प्राविधिक शिक्षा स्थापनार्थ महायज्ञ हुने

  • ख-
  • ख+

शिव सरस्वती माध्यमिक विद्यालय ऋषिङ ८ हवेलीडाँडामा प्राविधिक शिक्षा सञ्चालनका लागि महायज्ञ सञ्चालन हुने भएको छ । प्राविधिक शिक्षा मार्फत गाउँमै स्वरोजगार सिर्जना गर्न र दक्ष जनशक्ति उत्पादन गर्नका लागि भन्दै महायज्ञ सञ्चालन गर्न लागिएको हो ।

मगलबार दमौलीमा पत्रकार सम्मेलन गदै उक्त कुराको जानकारी दिईएको हो । विद्यालयमा प्राविधिक शिक्षा अन्तर्गत कृषि विषय अध्यापनका लागि आर्थिक स्रोत जुटाउन महायज्ञ सञ्चालन गर्न लागिएको महायज्ञ मूल समारोह समितिका अध्यक्ष एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर श्रेष्ठले  जानकारी दिए । उक्त विद्यालयमा प्राविधिक शिक्षा सञ्चालन गरिएमा प्रत्यक्ष रुपमा पाँच गाउपालिका लाभविन्त हुने बताए ।

माघ १७ देखि सुरु हुने महायज्ञ २५ गतेसम्म चल्ने छ । दानबहादुरले यस क्षेत्रमा कृषिको लागि थुप्रै अवसर र संभावना भएकाले कृषि तथा भेटेनरी विषय छनोट गरिएको बताए ।प्राविधिक शिक्षा सञ्चालनका लागि पचास लाख संकलन गर्ने लक्ष्यसहित महायज्ञ सञ्चालन गर्न लागिएको उनले जानकारी दिए । उनले समयको माग अनुसार कृषि प्राविधिक शिक्षा सञ्चालन गर्न लागिएको बताए ।उनले  कम खर्च गरि लक्ष्य अनुसार रकम संकलन गर्न सकिने बताए  । 

नौ दिनसम्म चल्ने उक्त महायज्ञमा शास्त्री राधा शरण काफ्लेले वाचन गर्ने भएका छन् । ऋषिङका समाज सेवी यामबहादुर आलेले धार्मिक संस्कृति र पर्यटकीय क्षेत्रको रुपमा प्रचारप्रसार गर्न महायज्ञ गरिन लागेको उनले बताए । ंशुक्रबार कलशयात्रा हुने र सोही दिन नै कार्यक्रमको औपचारिक रुपमा उदघाटन हुने भएको छ । अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकार महासंघका अध्यक्ष ओमकार आर्चाय, पत्रकार पवन पौडेल लगायतले बोलेका थिए । 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी