वार्षिक परीक्षाको नतिजा शिव सरस्वती माविले गर्यो स्थगित

दमौली न्युज
  • ख-
  • ख+

ऋषिङ्ग : तनहुँको ऋषिङ्ग गाउँपालिका-८ स्थित शिव सरस्वती मा.वि.ले वार्षिक परीक्षाको नतिजा स्थगित गरेको छ । शिक्षकहरूले चैत २० गते देखि काठमाडौँ केन्द्रित सडक आन्दोलनले चरम उत्कर्षमा पुगेको कारणले नतिजा स्थगित गरिएकाे हो ।

नतिजा प्रकाशनको पुर्ण तयारी रहे पनि, नतिजा प्रकाशन हाललाई रोकिएको शिव सरस्वती बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दान बहादुर श्रेष्ठ रिसिङ्गेले बताए। उनका अनुसार ज्यानको बाजि राखेर दैनिक हजारौं शिक्षकहरु राजधानी केन्द्रीत आन्दोलनमा रहेको हुदा केही बिद्यालयहरुले नतिजा सार्बजनिक गरिरहँदा ऋषिङ्ग गाउँपालिका भित्रका बिद्यालयहरुले पनि नतिजा सार्बजनिक गर्ने तयारी रहेता पनी अग्रणी बिद्यालयले नतिजा सार्बजनिक गर्दा आन्दोलनरत शिक्षकहरुको मनोवल गिर्ने निष्कर्ष सहित हाललाई नतिजा पुर्ण तयारी रहे पनि नतिजा सार्बजनिक गर्नबाट रोकिएको थियो।

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष दान बहादुर रिसिङ्गेको विशेष उपस्थितिमा बसेको बैठकले आन्दोलनमा जाने शिक्षकहरुको नाम सहितको तालिका सार्बजनिक गर्दै बैठकले शिक्षक आन्दोलनलाई प्रभावकारी बनाउने निष्कर्ष पनि निकालेको थियो ।शिक्षक आन्दोलनका लागि अन्य बिद्यालय ब्यवस्थापन समितिहरुसँग पनि परामर्श चलिरहेको र आवश्यक भए आन्दोलनमा सहभागिताको तयारी भैरहेको शिव सरस्वती बिद्यालयका प्रधानाध्यापक लिल कुमार श्रेष्ठले बताए ।


सबै शिक्षकहरू आन्दोलनको नीति अनुरुप अन्दोलनमा उपस्थित हुने गरि आन्दोलनमा
जानको लागि दैनिक न्युनतम ७ जना शिक्षकको
नाम सार्बजनिक गरिएको प्रधानाध्यापक श्रेष्ठले जानकारी दिए। यतिवेला देशभरका दशौँ हजार शिक्षक तथा विद्यालय कर्मचारीहरू एकसूत्रीय माग अघि सारेर सडक आन्दोलनमा होमिएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्