दाम्पतीद्वारा विद्यालयमा अक्षयकोष स्थापना

देव गजमेर,दमौली न्युज
  • ख-
  • ख+

ऋषिङ्ग: शैक्षिक गुणस्तर सुधारमा सघाउ पुर्‍याउने उद्देश्यले व्यास नगरपालिका वडा नं २ मा बस्ने एक परिवारले स्थानीय विद्यालयमा अक्षयकोष स्थापना गरेका छन्। तनहुँको  ऋषिङ्ग गाउँपालिका वडा नं १मा अवस्थित श्री दिपक माध्यमिक विद्यालयमा अक्षय कोष स्थापना गरिएको हो।

युवा व्यवसायी गोविन्द बरालीले आफ्नो स्वा बिभा माया बि.क.को स्मरणमा गोविन्द करिश्मा नामको अक्षयकोष स्थापना गरेका हुन् । उनले ५५ हजार ५ सय ५५ रुपैयाँको अक्षयकोष स्थापना गरेका छन् । रकम हस्तान्तरण गर्दै उनले भने “शिक्षा जस्तो महत्त्वपूर्ण विषयमा पैसाको अभावले कोहि पनि शिक्षाबाट बन्जित हुने अवस्था आउन नपरोस् भनेर मैले स्वा हजुरआमाको स्मरणमा यो अक्षयकोष स्थापना गरेको हो” ।

दिपक माध्यमिक बिधालयका पुर्व विद्यार्थी समेत रहेका युवा व्यवसायी गोविन्द बरालीद्वारा स्थापना गरिएको अक्षय कोषको रकमले हरेक शैक्षिक सत्रमा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरूलाई छात्रवृत्ति वितरण गरिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष खेम बहादुर थापाले बताए ।

ऋषिङ्ग गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले कार्यक्रममा बोल्दै यस अक्षय कोषको रकमले शैक्षिक क्षेत्रमा र आर्थिक अवस्था कमजोर भएका विद्यार्थी भाई बहिनीहरुलाई ठूलो सहयोग पुर्याउनुका साथै अक्षय कोष दाताले पुर्‍याएको योगदानको यस समाजले पनि कदर गर्ने बताए । अध्यक्ष श्रेष्ठले भने “यस्तो पहलले शिक्षामा समान पहुँच सुनिश्चित गर्न मद्दत गर्छ। विद्यार्थीहरुलाई पढाइमा निरन्तरता दिन अभिभावक र समुदायबाट यस्तो सहयोग आवश्यक रहेको छ”।

यही रकमको व्याज बाट विद्यालयले आगामी वर्ष देखि उत्कृष्ट र अनुशासित विद्यार्थीका लागि पनि पुरस्कारको व्यवस्था गर्ने जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्