चुँदीमा लक्ष्मी बचत शुरु

  • ख-
  • ख+

भानुः लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले भानु–४ स्थित चुँदी गाउँमा आफ्नो कार्यालय स्थापना गरेको छ ।

सहकारीको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चण्डिका पौडेलले उद्घाटन गरे ।

सहकारीको शेयर पुँजी पाँच करोड राखिएको छ । शेयर पुँची वृद्धि गर्दै लगानी समेत विस्तार गरिने सहकारीका व्यवस्थापक राजेश कुमालले जानकारी दिए ।

सहकारीले विभिन्न बचत योजना समेत ल्याएको जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी