पाेल्ट्री फार्मका कारण भानुको वडामा दुर्गन्धितको असर

दमौली न्युज
  • ख-
  • ख+

भानु : गाेर्खाकाे पालुङटार ७ काे सतिघाट नजिक रहेकाे पालुङ पाेल्ट्रि फर्मकाे दुर्गन्धले तनहुँकाे भानु १,२ र ३ का नागरिक आजित भएका छन् । पटक पटक दुर्गन्ध नबनाउन आग्रह गरेपनि फर्मले बेवास्ता गरेकाले अहिले ती ठाउँहरुमा दुर्गन्ध आउनुका साथै व्यापक रुपमा झिँगाहरुले सताउने गरेका छन् । हरियाे ठूलाे खालकाे झिँगा देखिएकाले कुन बेला विपत ल्याउँछ भन्न नसकिने स्थानीय बताउँछन् ।

यसैबीच दुर्गन्धले असर गरेकाे लामाे समय भईसक्दा समेत समस्या समाधान नभएकाे भन्दै शनिबार भानु १ का स्थानीयले पालुङ पाेल्ट्री फार्मका संचालक आशिष् भट्टराईलाई भानु १ भन्सारमा आक्राेश ब्यक्त गर्दै तत्काल दुर्गन्ध हटाउन माग गरेका भानु १ का स्थानीय भिमबहादुर लामा थिङले बताए । पालुङटार नपाका नगर प्रमुख विवश चिन्तनले तनहुँकाे भानु र पालुङटार नगरबासी नागरिककाे स्वास्थ्यमा गम्भीर असर परेकाे भन्दै दुई जिल्लाका उच्च अधिकारीहरुकाे स्थलगत अनुगमन र निर्णयले ठाेस निस्कर्ष निकाल्नु पर्ने धारण ब्यक्त गरे ।

भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठीले उक्त फर्मलाई दुर्गन्ध हटाउन पटक-पटक सहमति भएकाे भएपनि दुर्गन्ध आईरहेकाले सहमति लागू गर्न नभए कारबाही गर्न पत्रचार गरिएकाे र त्यस ठाउँबाट फर्म हटाउन गाेर्खाका विभिन्न सम्वन्धित निकायलाई ध्यानाकर्षण गरिएकाे बताए । उनले आम नागरिकलाई असर गर्ने खालका हर्कत नगर्न उक्त पाेल्ट्रि फर्मलाई चेतावनी दिएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्