कविता

  • ख-
  • ख+

जब,म एक्लै कतै,

यि आँखाहरू बन्द गर्छु।

बन्द गर्छु म आफैंलाई,तब,

न भेटिन्छन कोही आफ्नाहरू,

न देखिन्छन कोही परायाहरू,

न त भेटिन्छु म आफैं।

म फैलन्छु,कुनै बिराटतामा,

जहाँ केवल मजा छ।जहाँ केवल म मात्रै छु।

म हराउछु त्यही परम सत्य, शान्तिमय सुन्यतामा।

फगत,यो नाथे शरीर मात्रै त म हुदै होइन।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी