दमौली ः नेपाल पत्रकार महासंघ तनहुँ शाखाले स्थापना गरेको कल्याणकारी कोषका लागि व्यास नगरपालिका वडा न.४ का युवा व्यवसायी खेम गुरूङले आर्थिक सहयोग गरेका छन् ।
गुरूङले शाखाका सहसचिव प्रकाश अधिकारीलाई दुई हजार पाँच सय रुपैयाँ रकम हस्तान्तरण गरे । पत्रकारको यस अभियानमा सबैको सहयोगले जिल्लाका क्रियाशील पत्रकारहरू बिरामी पर्दा टेवा पुग्ने गुरुङको भनाइ थियो ।

















