व्यास नगर सभापतिमा आठ आकांक्षी, पटक–पटक छलफल गर्दा पनि सहमति जुटेन

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत व्यास नगर सभापति चयनका लागि आकांक्षीहरूको संख्या बढ्दै गएपछि नेतृत्व चयनमा सहमति जुटाउन गाह्रो भएको छ। नगर सभापतिका लागि हाल आठ जना आकांक्षी देखिएपछि पार्टीभित्र सहमतिको प्रयास जारी रहे पनि पटक–पटक भएका छलफल निष्कर्ष विहीन जस्तै भएको हो ।

नगर सभापति पदमा आकांक्षीहरूबीच सहमति कायम गराउने उद्देश्यले विभिन्न तहका नेताहरूले आपसी छलफल सहित मंगलबार नेपाली कांग्रेस तनहुँको कार्यालयमा नगर सभापतिका आकांक्षीबीच छलफल भएको थियो । यसअघि पनि पटकपटक छलफल गरिए पनि नेतृत्व चयनका विषयमा सहमति हुन सकेन ।

व्यास नगरपालिकाको नगर अधिवेशन आगामी असोज ७ गते बुधबार हुँदैछ । अधिवेशनको मिति नजिकिँदै गर्दा नेतृत्व चयनका लागि आकांक्षीबीच सहमति जुटाउने प्रयास जारी रहे पनि हालसम्म निष्कर्षमा पुग्न सकिरहेको छैन।

व्यास नगर सभापतिका लागि प्रतापसिंह गुरूङ, वैकुण्ठनाथ मिश्र, जीवन गुरूङ, सरोज भण्डारी, तुलसीराम सापकोटा, सुरेश थापा, खेमराज पोख्रेल, हरि खनाल आकांक्षी रहेका छन् । नेतृत्व चयनका लागि आकांक्षीबीच सहमति जुटाउने प्रयास भइरहेको भए पनि सहमति नभए निर्वाचन प्रक्रियाबाट नेतृत्व चयन हुने सम्भावना रहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी