अब राती ८ बजेबाट भोली बिहान ५ बजेसम्म पृथ्वी राजमार्गसहितका मुख्य सडकमा चल्न पाउनेछैनन् सवारी साधन

दमौली न्युज
  • ख-
  • ख+

दमौलीः अविरल वर्षा र सम्भावित विपद्को जोखिमलाई मध्यनजर गर्दै रातको समयमा पृथ्वी राजमार्ग बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले बिहीबार रातको समयमा पृथ्वी राजमार्गमा सवारी आवागमन पूर्ण रूपमा रोक लगाउने निर्णय गरेको हो ।

बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मका पृथ्वी राजमार्ग भएर चल्ने सम्पूर्ण सवारी साधनको आवागमन बन्द गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय धादिङले जनाएको छ ।

यसैगरी, जोखिमलाई ध्यानमा राख्दै मुग्लिङ नारायणगढ सडक खण्डमा समेत राती यातायात सञ्चालनमा रोक लगाइएको छ ।

अहिले देशैभर अधिक वर्षा भएका कारण देशैभरका प्रमुख राजमार्गहरुमा रातभर सजगता अपनाउँदै यातायात आगमनमा रोक लगाइएको गृह मन्त्रालयले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्