कविता – (युवा)

  • ख-
  • ख+

म,

उदाउदाे सुर्य हुं…

चम्कदै गरेकाे तारा…

सम्भाबनाकाे सुनाैलाे बिहानी, त

हुन र बन्न सक्ने सारा…

किनकी

म युग बदल्न सक्ने युवा हुं…

मै हुं,

चुनाैती लाई चुनाैती दिने साहस…

मै हाे प्रचुर सम्भावना,

मै हुं उच्च आत्मविश्वास…

रगतमा सृजनशिलता, पाैरख पाखुरामा..

भविश्यकाे सुन्दर तश्विर, हेर्नु मेराे आँखामा…

‘सम्भव’ मेराे ‘नाम’

‘सृजना’ मेराे ‘काम’

‘क्षमता’ मेराे ‘पहिचान’

हाे, मै हाे,

चलिरहेकाे वर्तमान…

हाे म,

त्याे विगत र भविष्य विचकाे

स्वर्णिम समय हाे…

म संगित, शव्द, सुर, ताल र लय हाे…

म हिमाल देखि सागर सम्म दाैडिरहेकाे नदी…

म गुमाउनै नहुने, त्यस्ताे विषेश अवधी…

मलाई समेटेर निती बनाउ,

मलाई प्रयाेग गर प्रबिधि बनाउ,

म छातिले नदि छेकि दिउला…

म मुड्कीले पहाड फाेड्दिउला…

मेराे उर्जा यत्ती कै खेर नफालिदेउ…

मैले नै सन्सार बनाए, अब

मलाई मेराे देश बनाउने अवसर देउ…

म राष्ट्र विकासकाे राम्राे सुचांक,

चिन्नुस न सरकार..

म मेराे देशकाे मेरूदण्ड…!!

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी