देव गजमेर
भोटेकोशीले धेरैको जिवन तहस नहस पारी आँखामा आँसु मात्र दिएर सवै वस्ती वगर बनाएर गयो । आँखै अगाडी कति लाई बगायो साहेद सम्झदा पनि ज्यानै कामेर आउछ….. त्यसैले पनि यस पालिको तिजको दर खान लिन आएन नभने है दिदी ….जवान छोरा बुहारी खोला संगै बगेका छन् भने कतै ति बुडाबुढी बुवा आमालाई बगाएको छ अनि ति साना साना कलिला नानाबुना…..हो आज त्यहि खोलाको बगरमा हराएका नेपाली आमाका सन्ततीलाई खोज्न भोटेकोसी र त्रिसुलीको बगरमा जादैछु । हिजो झिलिमिली बजार भनेर चिनिने हाज त्यहि बजार भोटेकोसी र त्रिसुलीको बगरको बजार भनेर चिनिने भएको छ दिदी….“बगर भित्रबाट चिवाओट आई रहेको छ, त्यो सुन्य बजारबाट बचाउ भनेको आवाज गुन्जी रहेको छ” भोटेकोसीको भेलले बगाएका ति नेपाली मनलाई खोज्न म तिजको दर खाने दिन निस्कदै छु ।
आज त्यो वगरको शहरमा पुग्दा खै केको गन्ध आई रहेको छ ,हावाले पनि तिम्रा आफन्त भेटिदैन भन्दै छ …..विरानो त्यो देशको भेलमा मिसिन पुगे सके, अनि दिदी मैले हिम्मत हारेको छैन, यो विपत्तीले बाच्न नदिए पनि बाच्ने शाहस मनमा बटुल्दै हराएका नेपाली आमाका सन्तानका लास खोज्न यहि बगरमा पानीको साहारामा बगर खोतल्दै छु । आज यि नयनले देख्न सकि रहेका छैनन्…. कसैका हातै छैनन् कसैका आधा शरिर नै छैनन् कसैका आधा टाउको कुकुरले लिएर हिडि रहेको देख्दै छु । त्यहि देख्न नसकेर पनि यस पालिको दर खाने दिन नै हातमा एउटा कोदालो र बेल्चा लिएर त्रिशुलीको बगर खोतल्न दर खाने दिन भन्दा अगाडी नै जान निधो गरे दिदी….
राहत कोषमा जम्मा गरेर बाँकी रहेकोे थोरै रकमले भुटेको मकै किनेर झोलामा पोको परि हिडे….. त्रिशुलीको बगरमा मेरा आफन्त खोज्न ।
आज भोटोकोसी बाढीको छालले डुवाएको आफ्ना मान्छेलाई यहि बगरमा बसेर नियाली रहेको छु , कहिले बाहिर भेलले निकाल्थ्यो होला त कहिले भेल संगै डुवाउँथ्यो होला । हजारौं परिवारलाई घरबार विहिन बनाएको छ, वस्ती र सपानाहरु बगाएको छ, यो विनाशकारी भोटेकोसीबाढी संगै देशै बगेको छ, आज भोटेकोशीको तिव्र बहावले गर्दा यो वगरमा विलिन भएका आफन्तको शव समेत फेला परेका छैन् हिन्दु संस्कार अनुसार अन्तिम संस्कार गर्न समेत पाएका छैनन् कति परिवारले त आफन्त भेटिने पर्खाई र अन्योलको पिडामा वसेका छन् भने अव मैले मेरा आफन्तहरुलाई मेरा चेलिबेटीहरुलाई कसरी दर खान बोलाउन सक्थे दिदी….. त्यसैले पनि यस पालिको तिजमा भाई लिन आएन भनि मन नदुखाउनु है……. तिमिलाई थाहानै छ त्यो खहरे खोला तरेर आउनु पर्छ, रसुवाबाट आएको भोटेकोशीले त्रिसुली हुदै बगाएका नेपाल आमाका सन्तानलाई खोज्न हिडेको मान्छे, अव म फेरी कसरी फर्किउ……. तिजको दर खान लिन आएन भाई भनि रुने मेरी दिदी त्यो खहरे खोला देखेरै मन बुझाउ है……
यस पालिको तिजमा दर नखाएर के भो र अर्को सालको तिजमा त दर पक्कै खाईने छ । भोटेकोशीले बगाएका भौतिक संरचनाहरु हेर्दै आफन्तका शव बगरमा खोज्दै छु…..त्रिसुली बजार वेत्रावती बजार फेरी बन्लान् तर नेपाल आमाका सन्तानको मनमा लागेको यो पिडाको आलोघाउ र त्रास साहेद अविश्मरणीय पिडा भने बषौं सम्म रहने भो यो पिडा निको हुन साच्चै अव वर्षै लाग्ने भो त्यसैले पनि यस पालिको तिज शोकमै मनाउ है दिदी…….. भोटेकोशीले लुटेको खुसी….परिवारै बगाए पछि जुठो बार्ने सम्म कोहि रहेनन् …….हिन्दु संस्कार अनुसार त्यो जुठो हामीले बारदिनु पर्छ, हामी सवै नेपालीले बारदिनु पर्छ अनि सवै नेपालीले श्रद्धाञ्जली अर्पण गरि दिनु पर्छ…… दिदी…..





