म्याग्दे–७ बाट बाबुछोरा नै कांग्रेसको क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत

दमौली न्युज
  • ख-
  • ख+

दमौली : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका–७ बाट नरबहादुर आले र उनका छोरा मिनबहादुर आले क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। वडा अधिवेशनबाट बाबुछोरा नै क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका हुन्।

एउटै परिवारका दुई पुस्ता एकैपटक क्षेत्रीय प्रतिनिधिमा चयन भएपछि यसलाई कांग्रेसभित्र पुस्तान्तरण र राजनीतिक सहभागिताको उदाहरणका रूपमा हेरिएको छ।
नरबहादुर आले लामो समयदेखि कांग्रेसको राजनीतिमा सक्रिय रहँदै आएका छन् भने उनका छोरा मिनबहादुर आले पनि पार्टीको संगठनात्मक गतिविधिमा सहभागी हुँदै आएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी