लघु कथा ःदक्षिणका बाबाले चलाएको रेल

  • ख-
  • ख+

कमलभक्त पोखरेल
‘पैसा दे दो बाबाजी’ रेलको पैसा उठाउने टिकट चेकरले भन्यो । ‘नही है पैसा वईसा हमारे पास’ बाबाजीले जवाफ दिए । ‘उतर जाओ यहीं पे !’ रूखो स्वरमा उसले ओर्लन भन्यो । ‘में जरूर उतर जाउँगा लेकिन आपका ट्रेन कैसे आगे बढेगी हम भि देखिङ्गे !’


योगी बाबा कड्किए र ओर्ले । साँच्चै नै रेल रोकियो । रेलको ड्राइभरले कैयौं प्रयास गरे तर कति गरेपनि रेल डेक चलेन । रेलमा भएका यात्रुहरूमा रूवाबासी हुन थाल्यो । ट्रेन सञ्चालक दलले योगीलाई अपमान गरेकोमा यसरी रोकिएको हो भन्ने ठहर ग¥यो । पक्कै पनि यो जोगीले तन्त्र मन्त्र गरेर रोकेको हो भनेर निधो गरे । अनि सबैले बाबासित माफी मागे । ‘हमको माफ करदो बाबाजी आईन्दा ऐसे अपमान कभि नही करूङ्गे’ सबै रून थाले ।

रेलमा भएका यात्रुहरूमा रूवाबासी हुन थाल्यो । ट्रेन सञ्चालक दलले योगीलाई अपमान गरेकोमा यसरी रोकिएको हो भन्ने ठहर ग¥यो । पक्कै पनि यो जोगीले तन्त्र मन्त्र गरेर रोकेको हो भनेर निधो गरे ।


सयौंका संख्यामा रहेका यात्रु समेत बाबाजीसँग माफी माग्न थाले । ‘बाबाजी हमको घरपे जरूरी काम है । हमको कृपा करें’ सबैले एकएक समस्या देखाए । घरमा पुग्नु जरूरी छ भने, कति रोए, कराए । ड्राइभरले रेल चलाउन प्रयास गर्छ तर डेक चल्दैन ।

रेलका सञ्चालक दल र यात्रु समेतले एकएक गरेर बाबाजीको खुट्टामा ढोगे र बाबाजीको सबै पैसा मिनाहा हुने भनेपछि मात्रै बाबजी खुशी भए र आदेश दिए । ‘चलाओ तुमारा रेल !’ साँच्चिकै रेल चल्यो । सबै यात्रुहरू दंगदास परे ।


भोलिपल्टबाट योगी बाबाको जयजयकार भयो सारा भारतभर बाबाजीको शक्तिको महिमा चल्यो हजारौं भक्त भए । कति त जीवनभर दास बने । तर कसरी त्यो रेल रोकिएको थियोे ? भन्ने प्रश्नको उत्तर बाबाले जीवनमा कसैलाई दिएनन् । कयौंपटक सोधनी हुँदासमेत उत्तर नपाएका कैयौं भक्तहरूले बाबालाई साथ दिन छाडे । तर एउटामात्र भक्तले बाबाजीको अन्त्य अवस्थामा समेत छाडेन ।

नेपाली भक्तहरू( नेताहरू)पनि खै कुन्नी कुन बाबालाई महान मानेर जीवनभर बाबाजीसँग नेपाल को राजनीतिक गुरु मानेर भक्ति गरेका छन् । केही थाहा छैन के के गरे हुने हो ? ती ढोंगी बाबा हुन बा भोगी ?


एकदिन बाबाजी साह्रै बिरामी परे । उक्त भक्तले रूँदै भने, ‘बाबाजी आपका ए हाल हो गया लेकिन मैने आज तक आपको शक्तिको आँकलन भि नही कर पा , मुझे कृपा करो और मुझे एकबार बताईए कि ओ रेल कैसा रोका आपने ?’ बाबालाई लाग्यो अब पनि मैले बताईन् भने यो एउटा मात्र भक्तले पनि छाड्ने छ । मेरो अरू बेहाल हुनेछ । यस्तो लागेपछि बाबाले बताईदिए । ‘कान खोलकर सुनलो भक्त । ‘ओ जो रेलका ड्राइभर था न ओ मेरा ही रिस्तेदार था ।’


भक्त दंगदास भयो किनभने बाबाकै नातेदार रेल ड्राइभर रहेछ । बाबाको शक्ति देखेर जीवनभर दास बनेको भक्तले जीवनभर बाबाको भक्ती र महिमा गरेको पश्चाताप लाग्यो । तर जीवन ढलिसकेको थियोे ।


ठिक यसैगरी नेपाली भक्तहरू( नेताहरू)पनि खै कुन्नी कुन बाबालाई महान मानेर जीवनभर बाबाजीसँग नेपाल को राजनीतिक गुरु मानेर भक्ति गरेका छन् । केही थाहा छैन के के गरे हुने हो ? ती ढोंगी बाबा हुन बा भोगी ? दक्षिणका राजनीतिक महान बाबाले नेपाल यसरी चलाए कि ती योगी बाबाले रेल रोके झैं रोकिएको छ मेरो देशको गति पनि ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी