म्याग्देमा विविध कार्यक्रमका साथ लैगिंक हिंसा विरुद्धका कार्यक्रम

  • ख-
  • ख+

म्याग्दे: म्याग्दे गाँउपालिकामा लैगिंक विरुद्धको 16 दिने अभियान अन्तर्गत बुधबार सरोकारवाला निकायसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । लैगिंक हिंसा अन्त्यको प्रतिवद्धता व्यक्ति, समाज र सबैको एक्यवद्धता भन्ने मुल नाराका साथ सञ्चालन भएको सो अन्तरक्रिया कार्यक्रम गाँउपालिका अध्यक्ष मायादेवी रानाको अध्यक्षतामा भएको थियो ।

महिलाहरु हिंसामा नपरुन्, महिलाहरु खुलेर विषयवस्तु जानकारी गरनउन सकुन् उद्देश्यका साथ विभिन्न कार्यक्रहरु आयोजना गर्न लागिएको अध्यक्ष रानाले जानकारी दिनुभयो ।

गाँउपालिका प्रमुख प्रशासकिय अधिकृत नारायण प्रसाद अधिकारीका अनुसार शुक्रवार लैगिंक हिंसा सम्बन्धि प्रशिक्षण, स्वास्थ्य केन्द्रमा कार्यरत 3 स्वास्थ्यकर्मीलाई सम्मान, गाँउपालिकाका स्वास्थ्य केन्द्रबाट सुत्केतरी भएकमा महिलाहरुलाई सुविधा प्रदान गरिनेछ ।

त्यस्तै, आइतवार गाँउपालिका अन्तर्गत 9 माध्यमिक विद्यालयबाट एक जना छात्रालाई सहभागि गराई लैगिंक हिंसा न्युनिकरणमा विद्यार्थीको भूमिका विषयमा वक्तृत्वकला प्रतियोगिता हुनेछ भन्ने प्रमुख प्रशासकिय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी