दमौली : अविरल वर्षाका कारण तनहुँको व्यास नगरपालिका–५, चापाघाटस्थित तनहुँ आयल डिस्ट्रिब्युटर्समा पहिरोले क्षति पुर्याएको छ।
कृष्णराज पण्डितले सञ्चालन गर्दै आएको उक्त पेट्रोलपम्पको पूर्वपट्टिबाट करिब ५० मिटर तल पहिरो खस्दा एउटा डिजेल ट्याङ्की बगाएको हो।
पहिरोका कारण एउटा पेट्रोल ट्याङ्की र पेट्रोलपम्पका दुईवटा एकतले कच्ची भवनसमेत जोखिममा परेका छन्। घटनामा कुनै मानवीय क्षति भने भएको छैन। घटनाको जानकारी प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय तनहुँबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ।
अविरल वर्षाका कारण पहिरो खसेपछि पेट्रोलपम्पका संरचनाहरू जोखिममा परेका हुन्।





