पृथ्वीराजमार्गका जोखिमयुक्त क्षेत्रको तनहुँ प्रहरीद्वारा अनुगमन

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक टेकबहादुर कार्कीको नेतृत्वमा खटिएको ११ सदस्यीय प्रहरी टोलीले मुग्लिन–पोखरा सडकखण्डअन्तर्गत पृथ्वीराजमार्गका विभिन्न जोखिमयुक्त स्थानको स्थलगत अवलोकन तथा अनुगमन गरेको छ। अविरल वर्षाका कारण पहिरोको जोखिम रहेका तथा सडक आवागमन प्रभावित हुन सक्ने विभिन्न स्थानमा प्रहरी टोलीले स्थलगत अनुगमन गरेको हो

टोलीले आँबुखैरेनी गाउँपालिका–२ स्थित ऐनापहरा, बन्दीपुर गाउँपालिका–४ को ठूलढुङ्गा, वडा नं. ५ को याम्पा, व्यास नगरपालिका–१२ को छिर्कन र घाँसीकुवा पहिरो क्षेत्रको अवलोकन गर्नुका साथै व्यास नगरपालिका–५ स्थित आयल डिस्ट्रिब्युटर (पेट्रोल पम्प), म्याग्दे गाउँपालिका–१ को बरचौर पहिरो क्षेत्र, प्रहरी चौकी थर्पु तथा शुक्लागण्डकी नगरपालिका–७ को शेराटार पहिरो क्षेत्रलगायतका जोखिमयुक्त स्थानको समेत अनुगमन गरिएको छ।

वर्षायाममा पहिरोका कारण राजमार्गमा हुन सक्ने सम्भावित जोखिम र सडकको अवस्थाबारे जानकारी लिन प्रहरी टोलीले विभिन्न स्थानको स्थलगत निरीक्षण गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी