ह्याप्पी वर्थडे टु मि !

  • ख-
  • ख+

सन्तोष ढकाल

जिन्दगी भन्नू नै संघर्षको लामो यात्रा हो , यात्रामा कहिल्यै हिम्मत नहार्नु अनि संघर्षबाट नभाग्नु भन्छन् । तर जब सफलता पाउने आशामा यी पाईलाहरु अगाडि बढाउँछु, असफलता फेरि मेरो सामु पर्खाल बनेर उभि दिन्छ । आशाको दियो निभी दिन्छ ।

दोष दिउँ त कसलाई ? आरोपित अरु होईन, गुनासो छैन अरुसँग । गल्ती आफ्नै हो, सजायको भागिदार स्वयम हो । अचेल आफैंदेखि दया लाग्न थालेको छ । जिन्दगी देखि माया लाग्न छोडी सक्यो । किन किन यो सहरको रंगीचंगी अनि भागदौड देखि डर लाग्छ अचेल ।


आफ्नो अतीत अनि वर्तमानलाई सम्झीएर जिन्दगिका पानाहरु पल्टाउँदै जाँदा अपुरा सपना हरु बेवारिस भएको अनुभूति हुन्छ । जिन्दगी रंगीन बनाउने सपनाहरु अस्तव्यस्त छन्, रहरहरु अलपत्र छन् । चाहनाहरु ओरालो लागेका छन् । समकालीन साथिभाईहरु आफु भन्दा अगाडि देख्छु कता कता मनमा डाहा अनि पछुतो भएझै हुन्छ । समयलाई चिन्न सकिएन, जिन्दगीलाई बुझिएन या जिन्दगीका ती सुवर्ण अवसरलाई सदुपयोग गर्न जानिएन । अनि भित्र भित्रै सारै नमिठा पिडाहरु सुनामी झै उर्लेर आउँछन् ।

समकालीन साथिभाईहरु आफु भन्दा अगाडि देख्छु कता कता मनमा डाहा अनि पछुतो भएझै हुन्छ । समयलाई चिन्न सकिएन, जिन्दगीलाई बुझिएन या जिन्दगीका ती सुवर्ण अवसरलाई सदुपयोग गर्न जानिएन । अनि भित्र भित्रै सारै नमिठा पिडाहरु सुनामी झै उर्लेर आउँछन् ।

जिन्दगीमा धेरै उतार चढावहरु आए । कहिले अकस्मात अथाह खुसिहरु एक साथ आए । कहिले तीखो काडा झै मुटु बिझाउने पिडाहरु किस्ताबन्दीमा आए । तर पनि सुनौलो भोलिको कामना गर्दै छरपष्ट रहेका खुसिहरुलाई बटुल्ने कोसिसमा आफै संग सम्झौता गरि रहे ।
अनौठो लाग्छ अचेल आफ्नै जिन्दगी देखेर । अपुरो यो जिन्दगीको भोगाई अनौठोः सोचेर कहिल्यै नथाक्ने सोचाई अनौठो ।

मलाई नजिकबाट चिन्ने साथीभाई आफन्तहरुले मुल्यांकन गर्नु भएको होला म कस्तो छु भनेर । तर अहिलेको असहज परिस्थितिमा मलाई देख्ने भेट्नेहरुको मप्रतिको दृष्टिकोण पक्कै बदलिएको होला । सनतेको बानी , व्यहोरा, स्वभाव, स्तर यस्तै होला भन्ने सोचाई मनमा आएको होला ।
जिन्दगीमा यति धेरै मानसिक रुपमा विचलित सायदै भए हुँला । कहिं कतै बिच बाटोमै अल्झिएझैं लाग्दैछ ।

जिन्दगीको यो सफरमा, हरेक मोडहरुमा, सुख दुःखको अनुभुतीहरुमा केही पल मलाई माया गरि दिने आत्मीयहरु प्रति मेरो केही गुनासो छैन । गुनासो छ त केवल आफैसँग, आफ्नै गन्तव्यवीहिन यात्रासँग, आफ्नै नियती अनि भोगाईसँग ।

जिन्दगी देखि भागेर, कायर भएर, समस्या देखि आत्तिएर सफल भईंदैन भन्छन् । तर नढाँटी भन्दै छु थोरै आशा अनि धेरै निराशामा बस्दा बस्दा आज कुहिरोमा हराएको काग जस्तै भाको छु । अलिकती साहस बटुलेर आफैले आफैलाई सान्त्वना दिदै भन्ने आँट पनि आउँदैन ।

भोलिको सुन्दर बिहानी देख्नु छ तैले
हेप्पी वर्थ डे टु मि🎉
आफ्नै सफलताको कहानी जो लेख्नु छ !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी