भारतमा कोरोनाबाट एक सातामै करिब ६ हजारको मृत्यु

  • ख-
  • ख+

नयाँ दिल्ली : भारतमा एक सातामै कोरोनाबाट करिब ६ हजारको मृत्यु भएको छ। संक्रमित संख्याको आधारमा तेस्रो स्थानमा रहेको भारतमा साता दिनभित्र ५ हजार ८१४ को ज्यान गएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार यो संख्या अगस्ट १६ देखि २२ सम्मको हो। यसरी हेर्दा भारतमा हरेक दिन औसतमा ९ सय भन्दा बढीको ज्यान गइरहेको छ।

शनिबार मात्र ९१८ को ज्यान गएको छ। यसअघि अगस्ट १६ मा ९६१ को ज्यान गएको थियो। वल्डूमिटरका अनुसार अगस्ट १८ का दिन साताभरिमै सबभन्दा बढीको मृत्यु भएको छ। सो दिन १ हजार ८९ को ज्यान गएको थियो।

ज्यान गुमाउनेहरूमा महाराष्ट्र, तामिलनाडु, कर्नाटक र दिल्ली राज्यका बढी रहेका छन्। महाराष्ट्रमा २१ हजार ६९८ ले ज्यान गुमाएका छन्। त्यस्तै ६ लाख ५७ हजार संक्रमितमध्ये ४ लाख ७१ जार निको भएका छन्।

यसैगरी तामिलनाडु राज्यमा ३ लाख ६७ हजार संक्रमितमध्ये ६ हजार ३४० ले ज्यान गुमाएका छन्। त्यस्तै ३ लाख ८ हजार निको भइसकेका छन्। यसैगरी कर्नाटकमा ४ हजार ५२२ को ज्यान जाँदा दिल्लीमा ४ हजार २७० को मृत्यु भएको छ।

यससँगै भारतभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या करिब ५६ हजार पुगेको छ। त्यस्तै हालसम्म २९ लाख ७५ हजार ७०१ संक्रमित भइसकेका छन्। जसमध्ये २२ लाख २२ हजार ५७७ निको भइसकेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी