गण्डकी प्रदेशको कार्तिक महिनाको उत्कृष्ट प्रहरी घोषित डीएसपी घिमिरे

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली: जिल्ला प्रहरी कार्यालय तनहुँमा कार्यरत प्रहरी नायव उपरीक्षक (डीएसपी) द्वारिका प्रसाद घिमिरे २०८३ साल कार्तिक महिनाका लागि गण्डकी प्रदेशको उत्कृष्ट प्रदेश प्रहरी घोषित भएका छन्।

प्रहरी सेवामा पुर्‍याईएको योगदान, जिम्मेवारी प्रतिको प्रतिबद्धता तथा कार्यसम्पादनका आधारमा उनलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।

गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित हुनुभएकोमा डीएसपी घिमिरेलाई हार्दिक बधाई तथा आगामी दिनमा अझ सफल र उत्कृष्ट कार्यसम्पादनको शुभकामना व्यक्त गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी