देउसी भैलोबाट संकलित रकम उज्यालो घरलाई सहयोग

दमौली न्युज
  • ख-
  • ख
  • ख+

दमौली : तिहारको अवसरमा देउसी भैलो खेलेर संकलन गरिएको रकमबाट तनहुँको व्यास नगरपालिका–१० स्थित उज्यालो घरलाई आर्थिक सहयोग गरिएको छ।

ग्यालेक्सी डान्स स्कुल एण्ड जुम्बा ग्रुपले देउसी भैलो कार्यक्रमबाट संकलन गरेको २१ हजार १ सय५५ रुपैयाँ उज्यालो घरलाई सहयोग गरेको हो।

देउसी भैलोबाट संकलित रकमलाई मनोरञ्जनमा मात्र सीमित नराखी सामाजिक सेवामा समेत लगाउने उद्देश्यले उज्यालो घरलाई सहयोग गरिएको ग्रुपका गुरु (डान्स मास्टर) प्रकाश भुजेलले बताए।

त्यस्तै, देउसी भैलोबाट संकलित रकम सामाजिक सेवामा खर्चिनु सकारात्मक र प्रेरणादायी कार्य भएको उज्यालो घरकी संयोजक मेनुका गिरिले बताइन्। यस किसिमको सहयोगले समाजमा आपसी सद्भाव, सहयोग र सामाजिक उत्तरदायित्वको भावना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुग्ने उनको भनाइ छ।

तिहारको सांस्कृतिक परम्परा सँगै सामाजिक सेवाको भावनालाई जोड्दै गरिएको यस सहयोगले अन्य व्यक्ति तथा संस्थालाई समेत सामाजिक कार्यमा प्रेरित गर्ने अपेक्षा गरिएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्