काठमाडौं :भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतीय विदेशमन्त्री एस जयशंकरबीच आइतबार नयाँदिल्लीमा भेटवार्ता भएको छ।
प्रधानमन्त्री शाह बसिरहेको नयाँदिल्लीस्थित होटल ताजमहलमा विदेशमन्त्री जयशंकरले उनीसँग शिष्टाचार भेट गरेका हुन्।
भेटवार्तामा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षबारे छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
विशेषगरी दुई देशबीच कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, संस्कृति, शिक्षा तथा जनस्तरको सम्बन्ध विस्तारका विषयमा कुराकानी भएको जनाइएको छ।
भेटमा द्विपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा समेत छलफल भएको छ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री शाह दुईदिने राजकीय भ्रमणका लागि भारत पुगेका हुन्।
साभारः सेतोपाटी




