आर्थिक अभावमा परेका सार्की परिवारलाई सहयोग

दमौली न्युज
  • ख-
  • ख
  • ख+

घिरिङ : तनहुँको घिरिङ गाउँपालिका-१ निवासी ७३ वर्षीय धनवीर सार्कीको परिवारलाई आर्थिक सहयोग गरीएको छ
समाजसेवी गोपाल विकको पहलमा आर्थिक अभावमा परेका सार्की परिवारलाई १७ हजार २ सय १० रुपैयाँ सहयोग संकलन गरी हस्तान्तरण गरिएको हो।

२०८३ कात्तिक २६ गते असामयिक निधन भएका धनवीर सार्कीको शुद्धीकरण (चोखिने) कार्य सम्पन्न गर्न आर्थिक कठिनाइ भएपछि सहयोग अभियान सञ्चालन गरिएको थियो। सामाजिक उत्तरदायित्व र मानवीय सेवाभावका साथ सञ्चालन गरिएको अभियानबाट संकलित रकमले शोकमा परेको परिवारलाई केही राहत पुग्ने अपेक्षा गरिएको समाजसेवी गोपाल विकले बताए छ।

आर्थिक अभावमा परेका कार्की परिवारलाई सहयोग जुटाउन सहयोग गर्ने सवै प्रति आभार व्यक्त गरे भने स्थानीयले यो कार्यको प्रशंसा पनि गरेका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी