कोरोना मात्र हैन गुर्जोले धेरै रोगमा यसरी फाइदा गर्छ

  • ख-
  • ख+

शंकल्प श्रेष्ठ

म नेपाली सेनाद्वारा सञ्चालित स्वास्थ्य विज्ञान संस्थान, भण्डारखाल काठमाडौंमा हाल फार्मेसी अन्तिम वर्षमा अध्ययनरत छु । र, केही महिनामै रजिस्टर फर्मासिष्ट हुने लक्ष्य राखेको छु ।

अहिले कोभिड १९ को बेलामा प्रख्यात बनेको जडिबुटी हो गुर्जो, यसको बारेमा धेरै सुने अनि पढ्न मन लाग्यो र पढे पनि । म विशेषज्ञ त हैन तै पनि फार्मेसीको विद्यार्थी भएको नाताले यो केहि मलाई थाहा भएका कुराहरु लेख्दै छु ।

गुर्जोको वैज्ञानिक नाम हो Tinospora Cordifolia, यसको हामीले प्रतिपादक (Stems) प्रयोग गर्छौ । धेरै जनाले त सेवन गरिसक्नु भयो होला तर कसरी खाने कति खाने, के के फाइदा गर्छ सबै कुराहरु थाहा छ कि छैन?

कोभिड १९ को बेलामा हामी यो जुन प्रयोग गरिराखेका छौ यसले हाम्रो Immunity Boost Up गर्ने काम गर्छ । यसमा धेरै Anti Oxidant Property हरु हुन्छ । यस बाहेक अरु स्वास्थ्य समस्यामा जस्तै Jaundice, Diabetes, Urinary Tract Infection(UTI), Liver disease , High cholesterol Respiratory Problem, Arthritis (वाथ), Heart related Problem हरुमा यसको प्रयोग गरिन्छ ।

Dengue Fever को बेला Platelets हरु कम हुन्छ र यति बेला Platelets Level Normal गराउनको लागि सहयोग गर्दछ, मान्छेहरु Eyesight’s को लागि पनि प्रयोग गर्दछन् । Diabetes को बेलामा जसलाई सुगर भनिन्छ Sugar Level Maintain गर्नको लागि पनि सहयोग गर्दछ ।

यो कोरोनाको प्रभावकारी आर्युवेदीक औषधि त हैन तर यसले Immunity Boost Up गर्ने भएको कारणले र Symptomatic Treatment हुने भएको कारणले धेरै प्रयोगमा आएको हो ।

गुर्जोको प्रयोग गर्दा Blood Pressure कम भइ राख्ने मानिसले धेरै ख्याल पुराउनु पर्छ किनभने यो तितो हुने कारणले Blood Pressure घटेर मानिसलाई जे पछि हुनसक्छ, Blood Pressure low  भएको मानिसले गुर्जो सेवन गर्दा मिसिरी मिलाएर खादा राम्रो हुन्छ ।  

Normal BP भएको मानिसले पहिलो सेवन गरिसकेपछि ३ देखि ४ दिनको अन्तरालमा सेवन गर्दा राम्रो हुन्छ किनभने  Normal BP भएको मानिसको पनि नियमित प्रयोग गर्दा Blood Pressure Low भएको देखिएको छ ।यसैले ध्यान पुर्वक खानु पर्ने हुन्छ । यो जुस बनाएर, पाउडर बनाएर अथवा पानीमा उमालेर खान सकिन्छ । लामो समयसम्म खाइ राख्नु पर्ने छ भने आयुवेदिक डाक्टर संग सल्लाह लिनु जरुरी छ । धन्यवाद !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी