ट्राफिकले थालेको चेन लकको ‘चेन प्रभाव’

  • ख-
  • ख+

विकास खनाल

जिल्लामा पहिलोपटक ल्याइएको ‘ चेनलक ‘ कारबाही प्रभावकारी बन्दै जान थालेको छ । ट्राफिक प्रहरी तनहुँले ल्याएको साे अवधारणा अन्तर्गत हालसम्म १६ वटा सवारीसाधन कारबाहीमा परिसकेका छन्। नाे पार्किङमा सवारीसाधन राेक्ने तथा एवं अव्यवस्थित तरिकाले साधन हरू राख्नेलाइ प्रहरीले उक्त कारबाही गर्ने गर्दछ ।

एक त साँघुरो बजार अर्को मनलाग्दि पार्किङ, यसले बजारकाे सुन्दरता लाई नै घटाउने गरेको महशुस गरि गत हप्ता देखि चेनलक कारबाहीको अवधारणा ल्याईएकाे हाे । बजारलाई चुस्त राख्न, ट्राफिक नियम सहज र प्रभावकारी बनाउन तथा दुर्घटना न्युनिकरणमा कमि ल्याउने भन्ने मुख्य उद्देश्यले ल्याइएको उक्त अवधारणाले मानिसहरूमा नियमको पालना गराउन बाध्यकारी बनाएको छ। जहाँ पायाे त्यहि पार्किङ गरेर सवारी धनी हरू अन्यत्रै गएकाे समयमा ट्राफिक पुग्दा नभेटिने भए पछि प्रहरीले याे रणनीति बनाएको हाे ।

यसले सवारी धनी नभेटेपनि फाेन नम्बर सहितको चेन लगाइदिने र सवारी धनी अाएपछि उक्त नम्बरमा फाेन गरि जरिवाना तिरेर प्रहरीले चेन फुकाइदिने गर्दछ । याे अबधारणाले सवारी साधन नाे पार्किङमा राख्न हुँदैन भन्ने मानसिकता अाम मानिसहरूमा परेको र एउटा सवारीसाधनकाे १ हजार जरिवाना गराउँदा राजस्व संकलन पनि बढेको ट्राफिक प्रहरीको भनाइ छ ।
पछिल्लो समय तनहुँ ट्राफिक प्रहरीले १ करोड ३४ लाख ५१ हजार राजस्व संकलन पनि गर्न सफल भएको छ । यस्तै कहिँ दुर्घटना भएमा सिधै ट्राफिक प्रहरीलाई फाेन गर्न सकिने गरि १०३ नम्बर काे हटलाइन सेवा पनि असाेज १७ गतेदेखि ट्राफिक प्रहरीले सन्चालनमा ल्याएको छ ।

यस नम्बरमा जसले जुन माेवाइलबाट फाेन हानेपनि सक्ने र पैसा पनि नलाग्ने ट्राफिक प्रहरी प्रमुख रेशमबहादुर रानाभाटले बताए । प्रहरीले यस अघि मादी नदी पुल देखि बुल्दि खाेला पुल सम्म नाे हर्न , नाे अाेभरटेक , नाे स्पिड काे अबधारणा ल्याइसकेकाे छ भने अन्यत्र सचेतता मुलक बोर्डहरू राखेको छ । तनहुँमा ट्राफिक प्रहरी प्रमुखको रूपमा रेशमबहादुर रानाभाट अाएपछि जिल्लाका प्राय: बजार तथा राजमार्ग र अासपासका ठाउँहरूमा ट्राफिक गतिविधि र सकृयता बढाइएको अाम मानिस हरूले महसुस गरेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी