खाद्यान्न भन्दै लुकाएर मदिरा बिक्री गर्ने डुम्रेका एक ब्यापारी प्रहरीको फन्दामा

  • ख-
  • ख+

तनहुँको भानु नगरपालिका वडा न ६ स्थित चन्द्रावतिमा एक ब्यापारीलाई प्रहरीले पक्राउ गरेको छ । खाद्यान्न भन्दै मदिरा सप्लाई गर्ने गरेको बन्दिपुर १ डुम्रेका भट्ट किराना पसलका व्यापारीलाई सवारी साधन सहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

भानु नगरपालिकामा कोरोनाको संक्रमण समुदायस्तरमा फैलिएको र अझै पनि जोखिम कायमै रहेको भन्दै सरकारले केहि दिन देखि निषेधाज्ञा जारी गरे पनि उनले भने आफ्नो सवारी साधनमा अत्यावश्यक खाद्यान्न बोकेको र गाउँ , गाउँमा पुर्याउने भन्दै डुम्रे बाट गाडीको तल मदिराहरु लुकाएर बेच्न लैजाने क्रममा गोप्य सुचनाको आधारमा चन्द्रवती प्रहरीले नियन्त्रणमा लिएको हो ।

यस अघि पनि सोही प्रकरणमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । पहिलोपटक भएका कारण स्थानीय टोल बिकास र वडाको रहोबरमा सामान्य कारबाही गरि अब आइन्दा यस्तो नगर्ने शर्तमा उनिलाई छोडिएको थियोे ।

हाल उनलाई सोधपुछका लागि इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रे लगिएकोे र थप कारबाहीको लागि जिल्ला प्रशासन कार्यालय दमौलीमा पठाइने प्रहरी चौकी डुम्रेले बताएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी