घरमै सुत्केरी आमा र बच्चाको स्वास्थ जाँच

दमौली न्युज
  • ख-
  • ख+

दुलेगौंडा । तनहुँको शुक्लागण्डकी नगरपालिका–८ को आधारभुत स्वास्थ्य केन्द्रले घरमै सुत्केरी आमा र बच्चाको स्वास्थ्य जाँच गरेको छ । सुत्केरी अवस्थामा स्वास्थ्य चौकी सम्म कष्ट गर्दै जानुपर्ने बाध्यता समाधान गर्न यस सेवा सुरु गरेको स्वास्थ शाखा ईन्चार्ज सन्देश थापाले बताए ।

सुत्केरी अवस्थामा आमाले लामो यात्रा गर्न नहुने र शरीरलाई आराम दिनुपर्ने शाखा ईन्चार्ज थापाको भनाई छ । ‘सामान्य स्वास्थ्य जाँच र आईरन चक्कि लिनकै लागि स्वास्थ्य चौकी सम्म आउनु भन्दा हामी आफैले घरमै पुगेर स्वास्थ्य जाँच गर्न सुरु गरेका छौं । हामीलाई खबर आएपछि स्वास्थ्यकर्मीलाई हामी घरमै पठाईदिने गर्दछौ’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्