शुक्लागण्डकीमा सुमो गाडी दुर्घटना हुँदा १२ जना घाइते

दमौली न्युज
  • ख-
  • ख+

दमौली : तनहुँको शुक्लागण्डकी-१२ सिम्ले स्थित भित्री सडक खण्डमा सुमो गाडी दुर्घटना भएको छ । लामा गाँउबाट दुलेगौडा तर्फ आउदै गरेको लु.प्र.०२-००१ ज०२३१ नं. को यात्रुबाहक टाटा सुमो सडकको भित्तामा ठोक्किँदा दुर्घटना भएको हो। प्रहरीका अनुसार सुमोमा सवार चालक सहित १२ जना सवार घाइते भएका छन् । सबै घाइतेको जि.पि. कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको छ ।

दुर्घटनामा परी घाईते हुनेहरुमा जिप चालक जि.तनहु शु.न.पा. १२ बस्ने बर्ष ४८ को केश ब.सुनारको टाउको चोट अबस्था मध्यम, सवार ऐ.ऐ.बस्ने बर्ष ५९ को खेम ब.ठकुरी दुबै हात र खुट्टामा चोट अबस्था सामान्य, ऐ.ऐ. बस्ने बर्ष ४० लक्ष्मी मल्ल बाँया खुट्टा चोट अबस्था सामान्य
ऐ.ऐ. बस्ने बस्ने बर्ष – ३८ को ढक बहादुर गुरुङ छातिमा भित्री चोट,बायाँ खुट्टामा चोट अबस्था सामान्य रहेको छ।

ऐ.ऐ. बस्ने बर्ष १९ की निशा गुरुङ हातमा चोट अबस्था सामान्य, ऐ.ऐ. बस्ने बर्ष ३८ की टिका गुरुङ खुट्टा र आँखमा चोट अबस्था सामान्य,
ऐ.ऐ. बर्ष ३७ की संगिता गुरुङ, बायाँ हातमा चोट अबस्था सामान्य,ऐ.ऐ. ५ बस्ने बर्ष ३३ की सुचना गुरुङ, बाहिरी चोट नदेखिएको अबस्था सामान्य,
ऐ.ऐ. ४ बस्ने बर्ष ५४ की अन्जु ठकुरी बायाँ हात र टाउकोमा चोट अबस्था सामान्य ,ऐ.ऐ. ४ बस्ने बर्ष ८ को एलबिक ठकुरी, टाउकोमा चोट अबस्था सामान्य ,ऐ.ऐ. बस्ने बर्ष १२ को सौगात ठकुरी,अनुहारमा चोट अबस्था सामान्य
१२) ऐ.ऐ. ११ बस्ने बर्ष ५१ की झरिमाँया ‍खाँड बायाँ हात र टाउकोमा चोट अबस्था सामन्य रहेको र पुरुष ४ र महिला ६ जना, बालक २ जना गरी जम्मा १२ जना रहेको प्रहरीले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्