नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी

दमौली न्युज
  • ख-
  • ख+

नेपाल अमेरिका एकता समाजको अध्यक्षमा रोशन अधिकारी निर्विरोध चयन भएका छन् । पशुपतिनाथ फाउन्डेसनको सभाहलमा सम्पन्न साधारणसभाले आगामी दुई वर्षे कार्यकालका लागि अध्यक्षमा अधिकारीलाई चयन गरेको हो । यो संस्था दक्षिण क्यालिफोर्नियामा विगत १४ वर्षदेखि सक्रिय सामाजिक संस्था हो ।

संस्थाको उपाध्यक्षमा अर्जुन पौडेल, महासचिवमा शम्सेर भण्डारी, सचिवमा शिव शिवाकोटी निर्विरोध चयन भएको निर्वाचन समितिका संयोजक अग्नि चौलागाईंले जानकारी दिए । उनका अनुसार सदस्यहरुमा बबिन थापा, नवराज मुडभरी, विदुर खड्का, मणिराम न्यौपाने र छत्रबाहदुर छेत्री निर्वाचित भएका छन् । वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष लगायत अन्य केही सदस्यहरुको पद हाललाई खाली रहेको उनले जानकारी दिए ।

साधारणसभामा महिला सहभागिता सहित नयाँ कार्यसमितिलाई छिट्टै पूर्णता दिने संस्थाकी पूर्वअध्यक्ष शारदा श्रेष्ठले जानकारी दिइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्